परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन् । समकक्षी डा.एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

उनी असार २२ देखि २४ गतेसम्म (तीन दिन) भारत भ्रमणमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विशेषगरी दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विस्तृत विचार–विमर्श हुने कार्यसूची रहेको छ ।

भ्रमण तालिकाअनुसार परराष्ट्रमन्त्री खनाल २४ जेठमा स्वदेश फिर्ता फर्कने कार्यतालिका रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने आज स्वदेश फर्किदैछन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *