काठमाडौँ । ऊर्जा क्षेत्रको नियामक निकाय विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष र सदस्य पदका लागि आवेदन दिने उम्मेदवारहरूको विवरण सार्वजनिक भएको छ । आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले सार्वजनिक गरेको सूची अनुसार नयाँ नेतृत्वका लागि कुल ३२ वटा आवेदन परेको छ ।
प्राप्त विवरण अनुसार आयोगको अध्यक्ष पदका लागि १० जना र सदस्य पदका लागि २२ जना आकाङ्क्षीले दरखास्त पेस गरेका छन् । नारायणप्रसाद सापकोटा र डा.शान्तिकला सुवेदीले भने अध्यक्ष र सदस्य दुवै पदमा दाबी प्रस्तुत गर्दै आवेदन दिएको कागजातमा देखिन्छ ।
समितिले २०८३ जेठ ७ गते सूचना प्रकाशन गरी जेठ २१ गतेसम्म दरखास्त दिन आह्वान गरेको थियो । सोही म्यादभित्र परेका आवेदनहरूको सूची समितिले सार्वजनिक गरेको हो।
अध्यक्ष पदका लागि आवेदन दिने १० उम्मेदवारहरू
१. ई.रुद्रप्रसाद गौतम (भरतपुर म.न.पा.–५)
२. केशव अधिकारी (ललितपुर–११)
३. डा. रामप्रसाद धिताल (सिन्धुपाल्चोक)
४. रामेश्वर प्रसाद कलवार (पर्सा न.पा.)
५. मधुप्रसाद भेटवाल (काठमाडौँ)
६. मोतीबहादुर कुँवर (काठमाडौँ)
७. डा. मधुसूदन अधिकारी (का.म.न.पा.–३२)
८. डा. भोलानाथ शर्मा अधिकारी (गोरखा–१०)
९. नारायण प्रसाद सापकोटा (भरतपुर–१२)
१०. डा. शान्तिकला सुवेदी (नागार्जुन न.पा.)
सदस्य पदका लागि आवेदन दिने २२ जना
१. डा. शेखर अर्याल (गोकर्णेश्वर–६)
२. राजीवकुमार सिंह (मनरा न.पा., महोत्तरी)
३. निरज्वल बस्नेत (उदयपुर)
४. रुद्रप्रसाद सिटौला (का.म.न.पा.)
५. जयराज भण्डारी (बत्तिसपुतली)
६. ब्रजमोहन झा (महोत्तरी न.पा.–८)
७. सुरेश ब. भट्टराई (धनकुटा/जोरपाटी)
८. प्रकाश ज्ञवाली (तानसेन–४)
९. लोकराज पाठक (का.म.न.पा.–३)
१०. रामप्रसाद गौतम (गुल्मी)
११. झमक प्रसाद शर्मा (संखुवासभा)
१२. विशाल सिलवाल (पर्सा)
१३. बलराम सिलवाल (धादिङ)
१४. राजीव दाहाल (दमक–१२०)
१५. विज्ञान श्रेष्ठ (काठमाडौँ)
१६. दिवाकर मल्लिक (महोत्तरी)
१७. अर्जुनकुमार गौतम (मध्यपुर थिमी–१, भक्तपुर)
१८. नरेन्द्र सिंह भण्डारी (काठमाडौँ)
१९. नारायणप्रसाद सापकोटा (भरतपुर म.न.पा.–१२)
२०. कल्पमोहन सोती (का.म.न.पा.–३०)
२१. शान्तिकला सुवेदी (नागार्जुन न.पा.)
२२. कुशेश्वरप्रसाद साहु (डाक्नेश्वरी, सप्तरी)






