काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा जाँदै छन्। परराष्ट्रमन्त्री खनाल दिउँसो २ः३० बजे भारत भ्रमणमा निस्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भारतका समकक्षी एस जयशंकरको निमन्त्रणामा उनी तीनदिने भारत भ्रमणमा जान लागेका हुन्।
भारत भ्रमणमा रहँदा खनाल द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागी हुनेछन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किंदै छन्।
Artha Sanjal






