नियम उल्लंघन गर्ने ६ फर्मलाई ३ लाख २६ हजार जरिबाना, काठमाडौं फन पार्कमा सबैभन्दा बढी कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा नियम उल्लंघन गर्ने ६ वटा व्यावसायिक फर्मलाई कुल ३ लाख २६ हजार रुपैयाँ जरिबाना गरेको छ।

सबैभन्दा बढी जरिबाना भृकुटीमण्डपस्थित काठमाडौं फन पार्कलाई गरिएको छ। म्याद नाघेका खाद्य सामग्री बिक्रीका लागि राखेको भेटिएपछि फन पार्कलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ।

त्यस्तै, आवश्यक अनुमति नै नलिई आफैं अत्तरको लेबलिङ तथा बोटलिङ गरेको पाइएपछि रेडोलेन्स नेपाल प्रालिलाई ५० हजार रुपैयाँ र शंखमुलस्थित इलाभेन इलाभेन ग्रुप प्रालिलाई ५१ हजार रुपैयाँ जरिबाना गरिएको छ।

यस्तै काठमाडौं पञ्चकुमारीस्थित पूर्वेली सेकुवा कर्नरले उपभोक्तालाई बिल नदिई कारोबार गरेको भेटिएपछि १० हजार रुपैयाँ जरिबाना गरिएको छ ।

यसका साथै चाबहिलको मोबडिल्ज र बुद्धनगरको गणेश मोटर बाइक वर्कसपलाई जनही ५ हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।

जरिबानाका अतिरिक्त विभागले भीमसेनगोलाको गर्ल्स क्लोजेट प्रालि चाबहिलको रुम्बा कलेक्सन र नाचघर गल्लीको डेलिसियस मम पसललाई भने सामान्य निर्देशन दिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *