काठमाडौँ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का चढ्दै आएको सरकारी गाडी चोरी भएको छ।
बा.२ झ १८७८ नम्बरको स्कोर्पियो गाडी ललितपुरको दुरीखेलस्थित चालकको घर बाहिर पार्किङ गरिएको अवस्थामा गएराति चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिएका छन्।
प्रहरीका अनुसार राति करिब १० बजेदेखि बिहान ६ बजेको बीचमा गाडी चोरी भएको अनुमान गरिएको छ। प्रारम्भिक अनुसन्धानमा चोरले चालकको घरबाट चाबी नै चोरेर गाडी चलाएर लगेको खुलेको प्रहरीले जनाएको छ।
Artha Sanjal






