पिपुल्स इनर्जी लिमिटेडेकोशेयरको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ६६ लाख थान साधारण शेयरको प्रति शेयर अङ्कितमूल्य रु. १०० प्रतिशतका दरले कुल ६५ करोड मात्र को प्रत्याभुति ज्योति क्यापिटलले गर्ने भएको छ ।

सोमबार क्यापिटल र पिपुल्स इनर्जी कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

ज्योति क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालय, कमलपोखरी, काठमाडौंमा आयोजित एक समारोहबिच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत विकास ढकाल र पिपुल्स इनर्जी लिमिटेडको तर्फबाट महाप्रबन्धक जनार्दन अर्यालले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको ज्योति क्यापिटलले नेपाल धितोपत्र वोर्डबाट मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी धितोपत्रको निष्काशन तथा बिक्रीप्रवन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति तथा शेयर रजिष्ट्रार सम्बन्धीसेवा प्रदानगर्दै आएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *