स्थल सीमा नाकाबाट ल्याउने सामानको छुट सीमा ५ सय रुपैयाँ पुर्‍याइयो

काठमाडौं । सरकारले स्थल सीमा नाकाबाट ओहोरदोहोर गर्ने यात्रुले साथमा ल्याउन वा लैजान पाउने सामानको भन्सार छुट सीमा १ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ कायम गरेको छ।

स्थलमार्गबाट सिमाना ओहोर दोहोर गर्ने व्यक्तिलाई हवाईमार्गबाट आवतजावत गर्नेसरहको सुविधा दिइएको छैन । राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ ।’

तर, भारतमा अध्ययन गर्ने नेपालीको हकमा भने आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थान नेपाल ल्याउँदा महसुल नलाग्ने व्यवस्था यथावत राखिएको छ ।

यसअघि १५ जेठ २०८२ मा प्रकाशित सूचना अनुसार सीमा नाकामा १ सय रुपैयाँ भन्दा माथिको वस्तु भित्र्याउन नपाउने गरी नियम राखिएको थियो । सो नियम कार्यान्वयन गर्दा केही साता अघि सीमा नाकामा तनाव भएको थियो ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *