बजेटपछिको पहिलो करोबारमा नेप्से ओरालो, ५ अर्ब ६१ करोडको कारोबार

काठमाडौं । आर्थिक वर्ष २०८३ /८४ को बजेट सार्वजनिक पछिको पहिलो कारोबारमा शेयर दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २६.७२ अंकले घटेर २७५५.३७ को विन्दुमा बन्द भएको छ ।

आज ३४९ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ६१ करोड माथिको शेयर कारोबार भएको छ ।आज ३५ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ४ लाख रुपैयााको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २५ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १७ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले पनि १४.९९ प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स बैंक डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बुङगल हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १३.२० प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *