काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभाको बैठक दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरू एकजुट भएका छन् । आज बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति माफी मागेर फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको हो ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने निर्णय गरिएको छ।
प्रतिपक्षी दलहरूले उक्त अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै संसद्को रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले देशवासीसमक्ष माफी माग्नुपर्ने माग गरेका छन्। माग पूरा नभएसम्म संसद् अवरोध जारी रहने उनीहरूको चेतावनी छ।
Artha Sanjal






