पर्सा । मुलुकको प्रमुख पेट्रोलियम आयात नाका वीरगन्ज हुँदै चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, एलपीजी ग्यास, हवाई इन्धन र मट्टीतेल आयातका लागि मात्रै १० महिनामा यति ठूलो रकम विदेशिएको हो।
Artha Sanjal






