काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको निर्देशनअनुसार ५० लाख रुपैयाँमुनिका विद्युतीय सवारीसाधन (ईभी) मा करको भार नबढाइएकाले ती गाडीको मूल्य घट्ने बताएका छन्। काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सर्वसाधारणले प्रयोग गर्ने ईभीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले नयाँ कर संरचना ल्याएको बताएका हुन्।
Artha Sanjal






