काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मानवअधिकार आयोगले जेनजी आन्दोलनका विषयमा बनाएको प्रतिवेदनलाई सरकारले अध्ययन गर्ने बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका विषय मात्र नभई विभिन्न समयमा भएका विभिन्न घटनाको विषयमा बनेका प्रतिवेदनहरूको पनि सरकारले एकमुष्ट अध्ययन गरेर आवश्यक परे कारबाही गर्ने बताएका हुन्।
नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले जेनजी आन्दोलनक सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनमाथि कारबाही कहिले हुन्छ भन्ने प्रश्नमा जवाफ दिँदै उनले सबै समयमा बनेका प्रतिवेदनलाई सरकारले अगाडि बढाउने बताए।
Artha Sanjal






