एकै दिन सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढ्यो

नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुन प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदी ३०५ रुपैयाँले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आमामी आर्थिक बर्ष २०८३/८४ को बजेटमा सुकोको भन्सार महसुल यसअघि लाग्दै आएको १० प्रतिशत भन्सार महसुललाई दोब्बर बनाएर २० प्रतिशत पुर्याइएको छ। सोहीकारण आतबारको बजारमा सुनको मूल्य ह्वातै बढेको हो ।

यस दिन चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा खरिदबिक्री खरिदबिक्री भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *