१० लाख रुपैयाँसम्म आम्दानी हुनेले १ प्रतिशत कर तिर्ने

काठमाडौँ । सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा बढाएर १० लाख रुपैयाँ कायम गरेको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हाल ५ लाख रुपैयाँ रहेको न्यूनतम आयकरको सीमा बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको जानकारी दिएका छन्।

बजेटअनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने करदाताले १ प्रतिशत दरले मात्रै आयकर तिर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारले कर प्रणालीलाई पुनर्संरचना गर्दै न्यून तथा मध्यम आय भएका करदातामाथिको कर भार घटाउने उद्देश्यले उक्त व्यवस्था गरिएको जनाएको छ। नयाँ व्यवस्था आगामी आर्थिक वर्षदेखि लागू हुनेछ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *