बजेट भाषण शुक्रबार अपरान्ह चार बजे

काठमाडौं ।आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट प्रस्तुत गर्न संघीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ बजे बस्ने संयुक्त बैठकका लागि ३:४५  बजे नै प्रतिनिधि सभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका छन्।

नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ।

गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो। यसैगरी प्रतिनिधि सभाको बैठक भने जेठ १५ गते शुक्रबार बेलुकी ५:३० बजे बस्ने जानकारी सभामुख अर्यालले दिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *