१८ महिनामा ६७५ विदेशी नागरिक निष्कासन

काठमाडौँ । अध्यागमन विभागले झण्डै १८ महिनाको अवधिमा ६७५ विदेशी नागरिक निष्कासनमा परेको जनाएको छ।

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सरोकारवाला निकायसँग मंगलबार एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा विभागले यसबारे जानकारी गराएको हो ।

विभागका अनुसार सन् २०२५ मा अवैध रूपमा काम गर्ने ५२३ विदेशी नागरिकलाई निष्कासन गरिएको थियो। यस्तै सन् २०२६ को मे २५ सम्म १५२ जना विदेशी नागरिक निष्कासनमा परिसकेका छन्। विभागका अनुसार हाल देशका १८ कार्यालयमार्फत अध्यागमन सुधारका काम भइरहेको छ।

अध्यागमन नियमन र आवागमन सहजीकरणबिच सन्तुलन कायम गर्दै राष्ट्रिय सुरक्षा सुदुढ गर्ने तथा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ।

कार्यक्रममा विभागका अधिकारीले विदेशी नागरिकको स्थानीय दर्ता प्रणालीलाई प्रभावकारी बनाउन प्रणालीको भूमिका महत्त्वपूर्ण हुने बताए।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *