रास्वपा सांसदद्वारा न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायाधीशहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन्।सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले न्यायाधीशहरूको सम्पत्ति गोप्य राख्ने व्यवस्था हटाएर वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने बताएका हुन्।

‘न्यायाधीशका सम्पत्ति गोप्य राखिनेछ भन्ने नियमावलीमा भएकाले पारदर्शिता छैन,’ सांसद न्यौपानेले भने, ‘अविलम्ब न्यायाधीशको सम्पत्ति वेबसाइटमा रहने व्यवस्था गर्नपर्‍यो ।’ न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्‍यो ।’

स्थानीय तहमा अदालतको व्यवस्था रहेको बताउँदै उनले त्यसका लागि कानुन नबनेको बताए । ‘स्थानीय अदालतको व्यवस्था छ । तर, यसका निमित्त कानुन बनाएनौं । स्थानीय अदालत गठन गरेर, जिल्ला अदालतको क्षेत्राधिकार बढाएर सर्वोच्च अदालतको चाप घटाऔं,’ उनले भने ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *