काठमाडौं । मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा कांग्रेस नेता धनराज गुरुङकी श्रीमतीलाई १५ दिनभित्र उपस्थित हुन अदालतले आदेश दिएको छ ।
धनराज गुरुङकी श्रीमती ज्योति गुरुङलाई मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा ललितपुर जिल्ला अदालतले १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको हो । अदालतले एक सूचना जारी गर्दै उनलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन भनेको हो । देशभरका विभिन्न सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धान जारी रहेका कांग्रेस नेताकी श्रीमती गुरुङलाई समेत अदालतले निर्देशनात्मक आदेश जारी गरेको हो।
यस प्रकरणले पछिल्लो समय राजनीतिक वृत्तमा समेत चर्चा पाएको छ । सहकारी ठगी र रकम दुरुपयोगसम्बन्धी विषयमा अनुसन्धान अघि बढिरहेका कारण अब ज्योति गुरुङलाई अदालत उपस्थिति हुन दिईएको निर्देशनलाई महत्वका साथ हेरिएको छ। यसअघि सत्ता र शक्तिका आडमा उनीमाथिको अनुसन्धान बिचैमा रोकिएको थियो। कानुन व्यवसायीहरूका अनुसार उनी अदालतमा उपस्थित नभए कानुनी प्रक्रिया थप अघि बढ्न सक्ने देखिएको छ । यस मुद्दामा अन्य व्यक्तिमाथि पनि अनुसन्धान तथा बयान लिने प्रक्रिया जारी रहेको बताईएको छ ।






