नेपालगञ्ज र दिपायलको तापक्रम ४१ डिग्री नाघ्यो, झापामा सबभन्दा धेरै वर्षा मापन

काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण गण्डकी प्रदेशभन्दा पूर्वका क्षेत्रमा वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभाग का अनुसार केही जिल्लामा भारी वर्षासमेत मापन गरिएको छ।

पछिल्लो २४ घन्टामा सबैभन्दा बढी वर्षा झापाको केचनाकवल मा भएको छ।

त्यहाँ १५२ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ।

यस्तै सिन्धुपाल्चोक मा ८३.२ मिलिमिटर, सङ्खुवासभा मा ५८ मिलिमिटर, गोरखा मा करिब ४९ मिलिमिटर, तनहुँ मा ६०.२ मिलिमिटर र पोखरा सहित कास्की मा ५७.६ मिलिमिटर वर्षा भएको छ।

लमजुङ मा ४६ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थ का अनुसार शुक्रबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेससहित तराईका थोरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यता सुदूरपश्चिम प्रदेश का पहाडी तथा तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको विभागले जनाएको छ।

लुम्बिनी प्रदेशका केही क्षेत्रमा पनि अत्यधिक गर्मी रहने अनुमान छ।

विभागका अनुसार दिपायल र नेपालगन्ज मा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *