सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *