कामना सेवा विकास बैंकले गर्‍यो शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन कार्यक्रम

काठमाडौँ। कामना सेवा विकास बैंकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा गरिब तथा विपन्न बिरामी एवं उनीहरूका कुरुवाहरूलाई लक्षित गरी निःशुल्क पौष्टिक भोजन वितरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपचारका लागि देशका विभिन्न स्थानबाट आएका गरिब तथा विपन्न बिरामी एवं उनीहरूका कुरुवाहरूका लाग त्यस्तो कार्यक्रम गरेको हो ।

अस्पतालमा उपचारका क्रममा आर्थिक तथा सामाजिक रूपमा कठिन अवस्था भोगिरहेका बिरामी र उनीहरूका कुरुवाहरूका लागि पौष्टिक भोजन आवश्यक रहने अवस्थालाई मध्यनजर गर्दै बैंकले सहयोग गरेको हो ।

उक्त कार्यक्रम आरती भोजन परिवारसँगको सहकार्यमा सञ्चालन गरिएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख सुशील पौडेल तथा आरती भोजन परिवारका अध्यक्ष डा. बिनु बाबा अर्यालको उपस्थिति थियो ।

भोजन वितरण सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गरेकोमा अध्यक्ष अर्यालले बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै, गरिब तथा विपन्न बिरामी एवं उनीहरूका कुरुवाहरूलाई सहयोग गर्न पाउँदा खुसी लागेको बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख पौडेलले बताए ।

आरती भोजन परिवारले ३ मंसिर २०८१ देखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत बिरामीका कुरुवाहरूलाई नियमित रूपमा निःशुल्क भोजन सेवा प्रदान गर्दै आइरहेको छ । हाल उक्त सेवाबाट दैनिक २०० भन्दा बढी व्यक्ति लाभान्वित हुँदै आएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *