काठमाडौं । नेपाल प्रहरीले सेवाग्राहीले आफ्ना गुनासो तथा उजुरीहरू अब अनलाइन माध्यमबाटै दर्ता गर्न सक्ने व्यवस्था सुरु गरेको छ ।
प्रहरी प्रधान कार्यालयले ‘नेपाल पुलिस एप’ सार्वजनिक गर्दै नागरिकलाई डिजिटल माध्यमबाट उजुरी दिने सुविधा उपलब्ध गराएको हो । सो एपमार्फत प्रहरीसँग सम्बन्धित गुनासा, उजुरी तथा सेवा सम्बन्धी समस्या अनलाइनमै दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा मंगलबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापनसम्बन्धी अनलाइन प्रणालीको औपचारिक शुभारम्भ गरे ।
Artha Sanjal






