जेनजी आन्दोलनका थुनुवा रिहा गर्न माइतीघरमा प्रदर्शन (तस्विरहरू)

काठमाडौंको माइतीघर मण्डलामा जेनजी युवाहरुले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले ‘कोही शहीद, कोही अपराधी किन ?’ , ‘जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणा गर’ , ‘जेनजी थुनुवालाई रिहा गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनमा सहभागी युवाहरुले आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरुको रिहाइ, आन्दोलनलाई राजनीतिक मान्यता तथा आन्दोलनप्रति सरकारको व्यवहारप्रति असन्तुष्टि जनाएका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *