६ अंकले घट्यो नेप्से,३ अर्ब ८ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ को विन्दुमा बन्द भएको छ ।

आज ३४६ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सिटी होटलको शेयर कारोबार भउको छ । आज यस कम्पनीको २३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस ऊर्जाको ९ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ८ करोड ६८ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीकर्ताले १४.२६ प्रतिशतका दरले कमाएका छन् । नेपाल रिपब्लिकका लगानीकर्ताले ६.४१ प्रतिशतका दरले कमाएका छन् । दरमखोला हाइड्रोका लगानीकर्ताले ३.६१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिटी होटलका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ६.८४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *