संसदीय सुनुवाइ समिति बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धका १६ उजुरी खोलिने

काठमाडौं। वैशाख २४ को संवैधानिक परिषद् बैठकबाट प्रधानन्यायाधीशका लागि प्रस्तावित डा. मनोज शर्माको सुनुवाइ प्रक्रिया अगाडि बढाउन संसदीय सुनुवाइ समिति बैठक बस्दै छ।

आज बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका १६ उजुरी खोल्ने कार्यसूची छ।

समितिले जेठ ४ सम्मको समय दिएर प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो।

उजुरीकर्तालाई समितिमा बोलाएर छलफल गरेपछि प्रस्तावित प्रधानन्यायाधीशसँग समितिले सुनुवाइ गर्नेछ।

संवैधानिक सुनुवाइ समितिले अनुमोदन गरे राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने बाटो खुल्नेछ।

समिति सभापतिमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बोधनारायण श्रेष्ठ छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *