शेयर बजारमा झिनो गिरावट, २ अर्ब ४५ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक १.०३ अंकले घटेर २७३०.९१ को विन्दुमा बन्द भएको छ ।

आज ३३९ कम्पनीको शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड माथिको शेयर कारोबार भएको छ । आज ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै शासह उर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको ७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै इङ्वा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले ६.३२ प्रतिशतका दरले कमाएका छन् । सगरमाथा जलविदूतका लगानकिर्ताले ३.२८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै निफ्र ऊर्जा ऋणपत्रका इकाइृधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५.२६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *