सेयर बजार खुलागरे नेपालमा ठूलो लगानी भित्रिन्छ : उपाध्यक्ष बज्राचार्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष रविन बज्राचार्यले सरकारले गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्न सहज वातावरण बनाउनुपर्ने बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै उनले विदेशमा रहेका नेपालीहरूको सानो–सानो लगानीले पनि नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताए ।

उनले भने, ‘म अर्वौंको लगानी ल्याउन तयार छु, तर सरकारले नेपालीलाई सेयर बजारमा खुला गर्नुपर्छ । विश्वभरि रहेका नेपालीहरूले आफ्नो कमाइको एक–दुई हजार रुपैयाँ मात्रै लगाएर यहाँको सेयर किनेपनि त्यो रकम खर्बौं पुग्नसक्छ । त्यसैले ठूलो लगानी ल्याउने कुरा मात्र नगरी सेयर बजार खुला गर्नुपर्छ ।’

बज्राचार्यले नेपालको सेयर बजार सीमित व्यक्तिको नियन्त्रणमा रहेको दाबी गर्दै बाहिरबाट ठूलो लगानी भित्रिन सके अर्थतन्त्र विस्तार हुने बताए ।

उनले सरकारले ल्याएको प्रारम्भिक मस्यौदाप्रति पनि असन्तुष्टि जनाए । एउटा मात्र घर राख्न पाइने तथा पुख्र्यौली सम्पत्ति बिक्री गर्दा आधा कर तिर्नुपर्ने जस्ता प्रावधानले सरकारप्रति शंका उत्पन्न गरेको उनको भनाइ थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *