वडा सचिवलाई धम्की दिने खड्कालाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौँ। दैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोन गरी आफ्नो काम गरिदिन दबाब र धम्की दिने प्रकाश खड्कालाई प्रधानमन्त्री कार्यालयले कारबाही गर्न निर्देशन दिएको छ।

खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिवलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको र उनी प्रधानमन्त्री कार्यालयको नभएको स्पष्ट पारेको छ।

शनिबार प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै खड्कालाई आवश्यक कारबाहीका लागि कडा निर्देशन दिइएको जानकारी दिएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *