काठमाडौं । मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ सम्म बेरुजु साढे ७ खर्बभन्दा माथि पुगेको हो।
महालेखा परीक्षक तोयम राया अनुसार यस वर्ष ९४ अर्ब ८४ करोड ४० लाख रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको छ। तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसपछिका घटनाका कारण १७९ वटा कार्यालय तथा निकायको लेखा तथा सम्बन्धित स्रेस्ता पेस हुन नसक्दा १ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ बराबरको लेखा परीक्षण हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।
Artha Sanjal






