माउन्ट एभरेष्टको आईपीओ बाँडफाँट, १७२०० जनाले पाए १० कित्ता सेयर

काठमाडौं। माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले वैशाख १७ गतेदेखि वैशाख २३ सम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ।

९१ हजार ८६६ जनाको आवेदन परेकामा ९१ हजार ८३० जनाको आवेदन मात्रै स्वीकृत भएको छ।

मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथा विधिद्वारा आईपीओ बाँडफाँट गरिएको हो।

बाँडफाँटमा भाग्यशाली १७ हजार २०० जनाले १०–१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ। बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *