सत्तारुढ रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, मुख्य एजेन्डा बजेट अधिवेशनदेखि सरकार सञ्चालनसम्म

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ।

बुधबार पार्टी मुख्यालयमा बिहान ९ बजे बोलाइएको केन्द्रीय समिति बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थिति हुन भनिएको प्रवक्ता मनिष झाले बताए।

बैठकमा पार्टीको केन्द्रीय महाधिवेशन, सरकारका काम–कारबाही, संसद् अधिवेशनलगायतका विषयमा छलफल हुने बुझिएको छ।

रास्वपाले भदौभित्र पहिलो महाधिवेशन तयारी गरिने बताएकाे छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *