प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि प्रश्न खोजिने

काठमाडौं।प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ। छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदले धारणा राख्नेछन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए। चालूू सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुनेछ।

यद्यपि, सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह बीचमै छाडेर हिँडेपछि आलोचना भइरहेका बेला आजको बैठकमा प्रतिपक्षी दलले यसबारे कुरा उठाउने निश्चित छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *