एसईईको नतिजा केहीबेरमा सार्वजनिक हुँदै, कसरी हेर्न सकिन्छ ? ( लिंकसहित)

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा केहीबेरमा सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गर्न लागेको हो।

यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थीले सहभागी थिए। जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका हुन्।

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो।

नतिजा कसरी हेर्ने ?

विद्यार्थी तथा अभिभावकहरूले नतिजा हेर्नका लागि एसएमएस (SMS), आईभीआर (IVR) र विभिन्न वेबसाइटहरूको प्रयोग गर्न सक्नेछन्।

१.  एसएमएस र आईभीआर (SMS & IVR) बाट

  • नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR दुवै सेवा)

  • जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)

  • एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)

२. वेबसाइट (Websites) बाट:

गत वर्षहरूमा जस्तै नतिजा सार्वजनिक भए लगत्तै ट्राफिक बढी हुने हुँदा वेबसाइटहरू ढिलो खुल्न सक्ने भएकाले धैर्यता राख्न समेत बोर्डले आग्रह गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *