काठमाडौँ । सरकारले सीमा नाकामा अनुहार पहिचान प्रणाली (फेस रिकग्निसन सिस्टम) लागू गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सीमा नाकामा अनुहार पहिचान प्रणाली सहित एकीकृत सीमा व्यवस्थापन सूचना प्रणालीको घोषणा गरेका हुन् ।
सीमा नाकामा स्वचालित निगरानी पूर्वाधार पनि सरकारले घोषणा गरेको हो । नाकामा ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि रोक लगाउने सरकारले घोषणा गरेको हो ।
Artha Sanjal






