बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज वैशाख २८ गते अन्तिम दिन रहेको छ। कम्पनीले चैत्र २२ गतेदेखि हकप्रद सेयर निष्काशन खुला गरेको हो।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीेले हाल कायम चुुक्तापुँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्त हकप्रद शेयर जारी गरेको छ।

लगानीकर्ताले यो हकप्रद शेयरमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यो हकप्रद शेयरमा गत माघ २९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। हकप्रद शेयरबाट बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *