दुई निर्माण व्यवसायी पक्राउ

काठमाडौँ । निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएर सहरी विकास मन्त्रालयमा उपस्थित गराएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार मन्त्रालयको पत्रका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

आफूले लिएको ठेक्का तोकिएको समयमा सम्पन्न नगरेको आरोपमा उनीहरूलाई उपस्थित गराइदिन मन्त्रालयले प्रहरीलाई आग्रह गरेको थियो। प्रहरीले दुवै जनालाई गोङ्गबु क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *