प्रि ओपन सेसनमा साढे १ अंक बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेर बन्द भएको छ।

यस दिन सो सेसनमा १.५४ अंक बढेर २७४७.२० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४० अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ४८ स्टकको ९३ पटकको कारोबारमा १९ लाख ५० हजार ३४० रुपैयाँ ९० पैसाबराबरको ३ हजार ९४८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *