९ महिनामा लघुवित्तहरूको खुद नाफा झन्डै साढे ५ अर्ब नजिक, कसले कति कमाए ?(सूचिसहित)

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा उल्लेख्य वित्तीय सुधार गरेका छन्। बैंक तथा वित्तीय क्षेत्रमा सुस्त कर्जा विस्तार र बढ्दो खराब कर्जाबीच पनि अधिकांश लघुवित्त संस्थाको वित्तीय अवस्था सुधारिएको छ ।

संचालनमा रहेका ३२ वटा लघुवित्त संस्थाले चालु आवको चैत मसान्तसम्ममा ५ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ४ अर्ब १० करोड ३८ लाख रुपैयाँमा सीमित थियो । जुन ३०.९७ प्रतिशतले बढी हो ।

नाफाका आधारमा छिमेक लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ । संस्थाले समीक्षा अवधिमा ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ८५ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको संस्थाको नाफा यस वर्ष ६.२० प्रतिशतले बढेको हो ।

दोस्रो स्थानमा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था ले ६८ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष ४३ करोड २१ लाख रुपैयाँ रहेको यसको नाफा यस वर्ष ५७.३९ प्रतिशतले बढेको देखिन्छ । त्यसैगरी जीवन विकास लघुवित्त वित्तीय संस्था ले ६२ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष ३५ करोड ५६ लाख रुपैयाँ रहेको यसको नाफा ७६.२६ प्रतिशतले बढेको हो ।

यता साना किसान विकास लघुवित्त वित्तीय संस्था को नाफा भने घटेको छ । संस्थाले ४८ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको ५४ करोड ५० लाख रुपैयाँको तुलनामा ११.३३ प्रतिशत कम हो ।

त्यसैगरी ग्रामीण विकास लघुवित्त वित्तीय संस्था ले ३० करोड १५ लाख रुपैयाँ, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ले २१ करोड ९५ लाख रुपैयाँ तथा स्वरोजगार लघुवित्त वित्तीय संस्था ले २१ करोड २ लाख रुपैयाँ नाफा कमाएका छन् । यी संस्थाहरूको नाफा क्रमशः २२.१९ प्रतिशत, ४६.०७ प्रतिशत र ३१.२० प्रतिशतले बढेको देखिन्छ ।

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था ले १८ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाको नाफा एक वर्षमा १४०.६५ प्रतिशतले बढेको हो । आशा लघुवित्त वित्तीय संस्था ले १७ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ भने यसको नाफा १६८.७६ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

यता निर्धन उत्थान लघुवित्त वित्तीय संस्था को नाफामा तीव्र गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म १५ करोड ५० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । गत वर्ष यही अवधिमा संस्थाले ४८ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअनुसार यसको नाफा ६७.७४ प्रतिशतले घटेको हो ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था ले १४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ भने महुली लघुवित्त वित्तीय संस्था ले १२ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । महुलीको नाफा अघिल्लो वर्षको तुलनामा १२७० प्रतिशतभन्दा बढीले बढेको देखिएको छ ।

त्यस्तै फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था ले ११ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ भने एनआईसी एशिया लघुवित्त वित्तीय संस्था ले १० करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । एनआईसी एशिया लघुवित्तको नाफा ८ हजार प्रतिशतभन्दा बढीले बढेको देखिन्छ ।

अभियान लघुवित्त वित्तीय संस्था ले ९ करोड ८५ लाख रुपैयाँ, एनएमबी लघुवित्त वित्तीय संस्था ले ८ करोड ७० लाख रुपैयाँ तथा समता घरेलु लघुवित्त वित्तीय संस्था ले ८ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यसैगरी हिमालयन लघुवित्त वित्तीय संस्था ले ८ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ भने इन्फिनिटी लघुवित्त वित्तीय संस्था ले ७ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । इन्फिनिटी लघुवित्तको नाफा सबैभन्दा धेरै अर्थात् ११ हजार प्रतिशतभन्दा बढीले बढेको देखिएको छ ।

आरएसडीसी लघुवित्त वित्तीय संस्था ले ६ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ६.०८ प्रतिशत कम हो । गणपति लघुवित्त वित्तीय संस्था ले ६ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था ले ५ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष घाटामा रहेको सामुदायिक लघुवित्त यस वर्ष नाफामा फर्किएको हो ।

त्यस्तै सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था ले ५ करोड ३४ लाख रुपैयाँ, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था ले ४ करोड ८४ लाख रुपैयाँ तथा सपोर्ट लघुवित्त वित्तीय संस्था ले ४ करोड ६७ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था ले ४ करोड ४३ लाख रुपैयाँ, गुराँस लघुवित्त वित्तीय संस्था ले ४ करोड ३ लाख रुपैयाँ तथा उपकार लघुवित्त वित्तीय संस्था ले ३ करोड ६ लाख रुपैयाँ नाफा कमाएका छन् ।

धौलागिरि लघुवित्त वित्तीय संस्था ले १ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ भने कालिका लघुवित्त वित्तीय संस्था को नाफा घटेर १ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै युनिक नेपाल लघुवित्त वित्तीय संस्था ले १ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ भने मानुषी लघुवित्त वित्तीय संस्था ले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघोल्छल ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *