टक्सार पिखुवा खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौंटक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज बैशाख २८ गते अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर बाँडफाँट सम्पन्न गरेपछि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँको ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये १२ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि तथा ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको थियो । उक्त शेयर यसअघि नै बाँडफाँट भइसकेको कम्पनीले जनाएको छ ।

यस्तै, सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीका लागि ६० हजार ६१३ कित्ता शेयर सुरक्षित गरिएको छ ।

अब कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ निष्काशन गरेको हो । कुल बिक्री रकम २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ बराबर रहेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *