काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्कासन अनुमति माग्दै चार वटा कम्पनीले आवेदन दिएका छन्।
सेबोनमा भगवती स्टील, डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउस, केटीएम हस्पिटालिटी र एसियन कन्क्रिटोले आईपीओ निष्कासन अनुमति माग्दै आवेदन दिएका हुन्।
बोर्डको अनुमति पाए भगवती स्टीलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नेछ।
कम्पनीले १०० रुपैयाँ अंकित दरमा १३३ रुपैयाँ प्रिमियम थपेर २३३ रुपैयाँ कुल १५ लाख कित्ता सेयर निष्कासन गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
यस्तै, डोलेश्वर भिलेजले १०० रुपैयाँ अंकित दरका कुल १६ लाख २० हजार कित्ता सेयर जारी गर्नेछ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।
केटीएम हस्पिटालिटीले पनि १०० रुपैयाँ अंकित दरका कुल १५ लाख ५० हजार कित्ता सेयर बेच्नेछ। कम्पनीको आईपीओको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।
एसियन कन्क्रिटोले १०० रुपैयाँ अंकित दरका कुल १० लाख ६२ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।






