सर्वोत्तम पेन्ट्सको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले बैशाख २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (बैशाख २४ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि यही वैशाख २१ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। त्यसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने ८५ लाख रुपैयाँबराबरको ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको छ।

कम्पनीको आईपीओ न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको ‘मेरो शेयर’बाट आवेदन दिन सक्नेछन्।

यो कम्पनीको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *