समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक(सूचिसहित)

काठमाडौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम फिर्ता नगर्ने र ऋण नतिर्ने ठुला ऋणीहरूमाथि कडाइ सुरु गरेको छ। समितिले हिजो एक सूचना जारी गर्दै समस्याग्रस्त घोषित विभिन्न १० वटा सहकारीका ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको हो।

समितिका अनुसार पहिलो चरणमा घेदुङ बहुउद्देश्यीय, हाम्रो सगरमाथा, तपाई हाम्रो, नागरिक कल्याण, आइडियल यमुना, र तुलसी बहुउद्देश्यीय सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरिएको छ। त्यसैगरी नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ, गौतम श्री र नेपाल सहकारी वित्तीय संस्थाका ठुला ऋणीहरूको नाम पनि सार्वजनिक सूचीमा समेटिएको छ।

समितिले सार्वजनिक सूचनामार्फत सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी आफ्नो थाती रहेको ऋण चुक्ता गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र सम्पर्कमा नआए वा ऋण भुक्तानी नगरे प्रचलित कानुन बमोजिम कडा कारबाही गरी असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ।

बाँकी रहेका अन्य समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली पनि क्रमिक रूपमा सार्वजनिक गर्दै जाने समितिको योजना छ। बचतकर्ताको निक्षेप फिर्ता गराउने अभियान अन्तर्गत समितिले यस्तो कदम चालेको हो। तसर्थ, अन्य ऋणीहरूलाई पनि सार्वजनिक सूचीमा नाम आउनु अगावै कार्यालयमा सम्पर्क गरी दायित्व पूरा गर्न आग्रह गरिएको छ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *