काठमाडौं । आज नेप्सेमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको बोनश शेयर सूचिकृत भएको छ ।
नेप्सेमा सपोर्ट माइक्रोफाइनान्सको ९.५ प्रतिशत बोनश शेयर वापत १ लाख १६ हजार ३२१.२७६५ कित्ता शेयर र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५ प्रतिशत बोनश वापत ३२ लाख ४० हजार ८५६ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको उक्त सूचिकृत बोनश शेयर शुक्रबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछन् ।
Artha Sanjal






