मतदाता नामावलीमा लालबाबुको नामै भेटिएन

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता लालबाबु पण्डित पुरानै मतदाता परिचयपत्र लिएर मतदान केन्द्र पुगेपछि शुक्रबार केहीबेर अलमलमा परे ।

पण्डित विराटनगर,१२ स्थित महेन्द्र मोरङ क्याम्पसस्थित मतदान केन्द्रमा बिहान ८ बजे पुगेका थिए । मतदाता नामावली सूचीमा क्रमसंख्या फरक परेपछि पण्डितको नाम भेटिएन । त्यसपछि केन्द्रमा खटिएका कर्मचारीले केहीबेर पर्खन भने । उनको नाम खोज्न समय लाग्यो ।‌

खासमा नयाँ मतदाता थपिएसँगै पुराना मतदाताको क्रमसंख्या फेरबदल भएको छ । पण्डितले मतदाता नामावली सूचीमा आफ्नो क्रमसंख्या फेरिएको विषयमा जानकारी नभएको बताएका थिए । उनको नाम सूचीमा फेला नपरुन्जेल पालो पर्खिएर बसेका थिए

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *