बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको छ ।
जयपृथ्वी नगरपालिका-१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल-८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको हो ।
जयपृथ्वीनगरपालिकास्थित मतदान केन्द्रमा प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टाजस्तो शंकास्पद वस्तु भेटिएको बताइएको छ ।
दुवै ठाउँमा सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ ।
Artha Sanjal







