आसिफकाे उत्कृष्ट ब्याटिङमा ओमानलाई नेपालले दियाे २५७ रनकाे लक्ष्य

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन जोड्यो।

आरिफ शेखले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै नेपालको लक्ष्य २५० पार गरे। उनले २४ बलमा ४३ रन जोडे।

यस्तै, ओपनर आसिफ शेखले ९४ रनको सानदार पारी खेले। अर्जुन कुमालले ४८, दिपेन्द्र सिंह ऐरीले ३३, आरिफ शेखले गुलशन झाले १७ रन बनाउँदा विनोद भण्डारी र करण केसीले खाता समेत खोल्न सकेनन्।

सन्दीप लामिछाने १ रनमा रनआउट भए । कप्तान रोहित पौडेल ९ रन जोडेर आउट हुँदा नन्दन यादवले २ रनमात्रै जोडे।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *