समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न समितिको निर्देशन

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीबाट कर्जा लिएर समयमै नतिर्ने ऋणीहरूलाई तत्काल साँवा, ब्याज र हर्जाना भुक्तानी गर्न निर्देशन दिएको छ।

समितिले सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भएका सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि कर्जा भुक्तानी गर्न ऋणीलाई निर्देशन दिएको हो ।

त्यस्तै समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, जमानीहरूले समितिको कार्यालयमा सम्पर्क गर्न समेत निर्देशन दिएको छ ।

समितिले जारी गरेको सूचनामा समयमै कर्जा भुक्तानी नगर्ने ऋणीहरूलाई सार्वजनिक सेवा (धारा, बत्ती, सिफारिस लगायत) रोक लगाउन सकिने चेतावनीसमेत दिइएको छ। साथै, सम्पर्कमा नआउने वा भुक्तानी नगर्ने ऋणी तथा सञ्चालकको नाम सार्वजनिक गर्ने, कालोसूचीमा राख्ने, सम्पत्ति लिलाम गर्ने तथा कानुनी रूपमा कैद एवं जरिबानासमेत हुन सक्ने उल्लेख गरिएको छ।

समिति मातहत हाल २० वटा सहकारी संस्था छन् । ती संस्थाबाट ६२ हजार बचतकर्ताले करिब ४० अर्ब बचत फिर्ता माग गर्दै समितिमा आवेदन दिएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *