सानिमा जीआईसीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं: सानिमा जीआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ।
इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि वैशाख २३ गते बुक क्लोज गर्ने भएको छ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
इन्स्योरेन्सले जेठ ६ गते बुधबार वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *