आज उद्योग वाणिज्य महासंघको निर्वाचन, चार उपाध्यक्षसहित ७३ पदमा मतदान हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारणसभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ।

सोमबार ललितपुरमा सुरु भएको साधारणसभापछि आज कार्यसमिति चयन गर्न मतदान हुन लागेको हो।

संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था भएकाले अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष मतदान हुनेछैन।

यसपटक वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ भावी अध्यक्षका रूपमा रहनेछन् भने अन्य पदका लागि मतदान हुँदैछ।

चार उपाध्यक्षसहित ७३ पदका लागि १३७ जना व्यवसायीबीच प्रतिस्पर्धा हुने जनाइएको छ। जिल्ला/नगर, वस्तुगत र एसोसिएट समूहअन्तर्गत विभिन्न पदमा निर्वाचन हुनेछ।

निर्वाचन नेपाल प्रज्ञा प्रतिष्ठान मा आज बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको छ। मुख्य निर्वाचन अधिकृतमा लीलामणि पौडेल र निर्वाचन अधिकृतमा सुमन निरौला तोकिएका छन्।

उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण चैत अन्त्यमा तय गरिएको कार्यक्रम स्थगित भएपछि नयाँ मिति तय गरी साधारणसभा र निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *