संसद भवन अगाडि सिलिन्डर बम बिस्फोट

नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि शुक्रबार बिहानै सिलिन्डर बम बिस्फोट भएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान २ः१५ बजे संसद भवनको विपरीत पर्ने सडक छेउमा रहेको बिजुलीको पोल छेउमा उक्त बम बिस्फोट भएको हो ।

तीनकुनेतर्फबाट स्कुटरमा आएका २ जना अपरिचित व्यक्तिले ओड्ने सिरकले बेरेर उक्त ग्यास सिलिन्डर बम छोडेर गएका थिए । बम राखेको केही समयपछि नै बिस्फोट भएको थियो ।

घटनाबाट मानवीय क्षति नभएपनि घटनास्थल वरिपरी रहेको २ वटा घरका सिसा फुटेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *